३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

स्थापना दिवसमा गुरुकुलका विद्यार्थीलाई शैक्षिक सहयोग प्रदान



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले ६४ औ स्थापना दिवस मनाएको छ । देशैभर महासंघको स्थापना दिवस मनाइरहदा कपिलवस्तु शाखाले यसवर्ष रचनात्मक कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । कपिलवस्तु वाणगंगा नगरपालिका २ नन्दनगरमा रहेको गुरुकुलका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै महासंघले आफनो स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले महासंघले गुरुकुलका विद्यार्थीलाई प्रदान गरेको सहयोग सानो भएपनि उपलब्धीमुलक हुने बताए । उनले गुरुकुलमा पढ्ने विद्यार्थीलाई खाद्यान्न, लत्ता कपडा तथा शैक्षिक सामाग्रीको अभाव रहेको बताउदै यहाँको समस्यालाई मिडियाले उजागर गरेर थप स्रोत जुटाउन भावी दिन सहयोग पूग्ने बताए । कार्यक्रममा पछिल्लो समयमा दान गर्ने दाताहरु धेरै भएपनि यँहाको मुल समस्याको बारेमा सहयोगी दाताहरुलाई थाँहा नहुदापनि पनि समस्या भएको उनले बताएका थिए ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले विगतमा विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएपनि यसवर्ष गुरुकुलमा आएर विद्यार्थीलाई शैक्षिक सामग्राी वितरण गरिएको बताए । उनले महासंघको सहयोगले कैलाश आश्रमको विकासमा ईटा थप्ने काममा सहयोग पुग्ने धारणा व्यक्त गरेका छन् ।

कार्यक्रममा कैलाश आश्रम गुरुकुल संरक्षण समितिका अध्यक्ष रबि ज्ञवाली, उपाध्यक्ष राम पौडेल लगायतले संयुक्त रुपमा पत्रकार महासंघले गरेको सहयोग प्रति धन्यबाद ब्यक्त गरेका थिए । सँस्कृत विद्यापीठ गुरुकुलमा पढ्ने ९० जना विद्यार्थीलाई (बटुक) नियमित खाद्यान्नको अभाव हुन नदिन विभिन्न सहयोगी दाताहरुलाई आग्रह गरिएको संरक्षण समितिले जनाएको छ । समितिका अध्यक्ष रबी ज्ञवालीले वैदिक सनातन तथा गुरुकुलीय शिक्षाको प्रवर्धन गर्ने उद्देश्यले संचालन गरिएको विद्यापीठ आर्थिक समस्यामा परेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव हरि अधिकारीले जिल्लाका पत्रकारलाई वाणगंगा नगरपालिका २ नन्दनगरमा संचालित विद्यापीठको समस्याका बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताए । उनले स्थापना दिवसका अवसरमा गुरुकुलका विद्यार्थीलाई सहयोग प्रदान गर्दै आगामी दिनमा थप श्रोत जुट्ने पनि अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७५ शनिबार ००:००  १ : ४६ बजे