३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मुम्बईद्धारा १ सय ७७ रनको लक्ष्य प्रस्तुत, क्रिस गेल आउट



मायादेवी अनलाइन, कपिलवस्तु ।
इण्यिन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा मुम्बई इण्डियन्सले किंग्स इलाभेन पञ्जाबलाई १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । पञ्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि बयाटिङको निम्तो पाएको रोहित शर्माको टिम मुम्बइले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाउन सक्यो । मुम्बइको लागि क्विनटन डिककले सर्वाधिक ६०, रोहित शर्माले ३२, सूर्यकुमार यादवले ११ र युवराज सिँहले १८ रनको योगदान दिए । अहिले पञ्जावले एक विकेट गुमाएको छ । ओपनरमा आएको क्रिस गेल आउट भएका हुन । अहिले पञ्जावले जवाफी बयाटिङ गरिरहेको छ ।
आइपिएलको आजको दोश्रो खेलमासन्दीप लामिछाने आबद्ध रहेको टिम दिल्ली क्यपिटल्सले आज आफ्नो तेस्रो खेल खेल्दैछ । घरेलु मैदान फिरोज शाह कोट्ला स्टेडियममा दिल्लीले कोलकाता नाइट राइडर्ससँग राति ८ः१५ मा खेल्दैछ । सन्दीप समावेश नभएको सुरूवाती तीन खेलमा एक जित र एक हार ब्यहोरेको छ । कोलकाता भने दुवै खेलमा अपराजित रहेको छ । यस्तोमा कोलकाताले अपराजित यात्रालाई निरन्तरता दिने कोशिस गर्नेछ । दिल्ली भने दोस्रो जितको खोजीमा हुनेछ । खेलको पूर्वसन्ध्यामा नेपाली खेलाडी सन्दीप लामिछानेसँग दिल्ली टिमले गरेर्को र्यापिड फायरमा निकै रोमाञ्चक कुरा गरेका छन् । उनले फेरि पहिलेको जस्तै गल्लीमा बाल्यकालका साथीसँग क्रिकेट खेल्न पाए हुन्थ्यो भन्ने चाहना राखेका छन् । यसका साथै उनले सचिन तेन्दुलकरलाई बलिङ गर्ने चाहना रहेको पनि खुलासा गरेका छन ।

प्रकाशित मिति : १६ चैत्र २०७५ शनिबार ००:००  १ : २० बजे