३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बहादुरगञ्जमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रगत दान गरे



प्रिंस मिश्रा, कपिलवस्तु ।
कपिलवस्तुको बहादुरगञ्जममा खुल्ला रक्तादान कार्यक्रम गरिएको छ । रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजित कार्यक्रममा यस क्षेत्रका डॉक्टर, पत्रकार, समाजसेबी प्रहरी, बुद्धिजीबीहरुको उपस्थिती रहेको थियो ।
जनचेतना युवा क्लब बहादुरगंजको आयोजना र रेडक्रस सोसाइटी बुटवलको सहयोग संचालित खुल्ला रक्त दान कार्यक्रममा ५० जनाले रगत दान गरेका छन् । बहादुरगंज स्थित शिवराज हस्पिटलमा संपन्न कार्यक्रम क्लवका अध्यक्ष मनीष कुमार गुप्ताको अध्यक्षतामा भएको हो ।
क्लबले रक्तदाताहरु लाई प्रमाण पत्र बितरण गरेको जनचेतना युवा क्लबका सचिव अनेक पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७५ शनिबार ००:००  ११ : ०२ बजे