२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

अफगानिस्तानमा बाढीबाट १७ जनाको मृत्यु, दर्जनौँ घाइते



अफगानिस्तान ।
अफगानिस्तानमा आएको बाढीबाट कम्तीमा १७ जनाको ज्यान गएको छ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा भारी वर्षासँगै बाढी आएको हो । बाढीबाट अरु दर्जनौँ घाइते भएका छन् । पश्चिमी अफगानिस्तानका जवजवान, बदघिस, हेरात, सर ए पुल र अन्य प्रान्तहरु बाढीबाट प्रभावित भएका छन् ।

बाढीले जवजवान प्रान्तमा १२ जनाको, हेरात र बदघिस प्रान्तमा २–२ जनाको र सर ए पुलमा एक जनाको ज्यान गएको हो ।

बाढीले ५ सयभन्दा धेरै घरमा क्षति पु¥याएको अफगान अधिकारीले जनाएका छन् । बाढीले अघिल्लो वर्ष खडेरीबाट विस्थापित भएका आएका लाखौँ मानिसहरु प्रभावित भएको बताइएको छ ।
बाढीले उसैपनि विकासका पूर्वाधारको कमी रहेका क्षेत्रमा भएका पूर्वाधारमा पनि क्षति पुगेको छ । यसअघि अफगानिस्तानको छिमेकी मुलुक इरानमा पनि यस्तै किसिमको भयानक बाढी आउँदा दर्जनौको मारिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७५ शनिबार ००:००  ९ : ०४ बजे