३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

एक वर्षमा २ सय ६६ प्यालेष्टाइनी नागरिकको मृत्यु



एजेन्सी ।
इजरायल अधिनस्थ प्यालेष्टाइनको गाजा क्षेत्रमा इजरायली अतिक्रमणविरुद्धको प्रदर्शनका क्रममा इजरायली फौजको कारवाहीमा परी पछिल्लो एक बर्षको अवधिमा कम्तीमा २ सय ६६ जना प्यालेष्टाइनी नागरिकको मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ ।
गाजा क्षेत्रमा रहेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा अरु ३० हजार ३ सय ९८ जना प्यालेष्टाइनी घाइते भएको उल्लेख छ । प्रतिवेदनका अनुसार प्रदर्शनका क्रममा इजरायली फौजको कारवाहीमा मृत्यु हुनेमध्ये ५० जना बालबालिका छन् ।
त्यस्तै, मारिनेमा अरु ६ महिला, एक ज्येष्ठ नागरिक, तीन स्वास्थ्यकर्मी र दुईजना सञ्चारकर्मी पनि छन् । घाइते हुनेमध्ये ५ सय ३६ जना गम्भीर घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।
स्वास्थ्यमन्त्रालयको प्रतिवेदनअनुसार सोही अवधीमा दुई इजरायली सैनिकको पनि मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५ शनिबार ००:००  ७ : ४१ बजे