३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

११० किलो चरेससहित ठूलो मात्रामा लागुऔषध बरामद, एक जना पक्राउ



धादिङ ।

दक्षिणी धादिङको गजुरी गाउँपालिका–७ पेटारेमा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा बिहीबार राति चरेस, चरेस बनाउने धुलो र गाँजा बरामद गरी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको थियो । गजुरी गाउँपालिका–७ पेटारे निवासी ४५ वर्षीया सुकुमाया तामाङको घर र गोठमा राखिएको अवस्थामा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश विष्टले बताए ।

प्रहरीले छापा मार्दा चरेस ११० किलोग्राम, चरेश बनाउने धुलो ३२ किलोग्राम, गाँजा मिसिएको धुलो ३९० किलोग्राम, गाँजाको गेडासमेतको १०९ किलोग्राम बरामद गरी सुकुमायालाई पक्राउ गरिएको हो ।
प्रहरीले सुकुमायालाई प्रतिबन्धित लागुऔषधसम्बन्धी मुद्दा चलाउने जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  ७ : ४१ बजे