४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आईपीएलः बेंग्लोरमाथि मुम्बईको रोमाञ्चक जित



एजेन्सी ।
आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्स विजयी भएको छ । बेंग्लोरमा बिहीबार राति भएको खेलमा रोयल च्यालेञ्जर्सलाई ६ रनले पराजित गर्दै मुम्बईले पहिलो जित हात पारेको हो ।
विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोरको भने यो लगातार दोस्रो हार हो । १८८ रनको लक्ष्य पछ्याएको बेंग्लोरले निर्धा्रित ओभरमा ५ विकेट गुमाएर १८१ रन मात्रै बनाउन सक्यो । बेंग्लोरका लागि एबी डेभिलियर्स नट आउट ७० रन बनाए पनि हार टार्न भने सकेनन् ।
यसैगरी विराट कोहलीले ४६ रन बनाउँदा पार्थिब पटेलले ३१ रन जोडे । ४६ रन सहित विराटले ५ हजार रन पनि पूरा गरेका छन् । मुम्बईका जसप्रित बुमराहले ३ विकेट लिए । घरेलु टोली बेंग्लोरले टस जिते पछि पहिला ब्याटिङ गर्न आएको मुम्बईले निर्धा्रित ओभरमा ८ विकेट गुमाएर१८७ रन बनाएको थियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ४८ रन बनाउँदा सूर्य कुमार यादबले ३८ रन जोडे । यसैगरी १२ बल खेलेका युवराज सिंहले २३ रन बनाए । लगातार तीन छक्का प्रहार गरेको सिंहले चौथो बलमा पनि छक्का प्रहार गर्दा मोहमद सिराजबाट क्याच आउट भएका थिए ।
यस्तै क्वीन्टन डी ककले पनि २३ रन बनाउँदा अन्तिमसम्म क्रिजमा रहेका हार्दिक पाण्ड्याले ३२ रन बनाए । १४ बल खेलेका पाण्ड्याले ३ छक्का तथा २ चौका प्रहार गरेका थिए । बेंग्लोरका युजबेन्द्र चहलले सर्वा्धिक ४ विकेट लिए । उमेश यादब र मोहमद सिराजको नाममा दुई दुई विकेट रह्यो ।

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  २ : ४६ बजे