४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आइपिएलः आज विराट र रोहितमध्ये कसले बाजी मार्ला ?



एजेन्सी ।
इण्डियन प्रिमियर लिगमा आज विराट कोहलीको टिम रोयल चयालेन्जर्स बैङलोर र रोहित शर्माको टिम मुम्ब्ई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदै छ । नेपाली समय अनुसार राति सबा ८ बजेबाट सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजिमा हुने छन् ।

पहिलो खेलमा चेन्नइविरुद्ध लज्जास्पद हार भोगेको बैङलोर आज मुम्बईविरुद्धको खेलमा जित निकाल्न चाहान्छ भने मुम्बई दिल्लीविरुद्ध भोगेको हारलाई बिर्साउन बैङलोरविरुद्ध छुट्टै रणनिितका साथ मैद्यान उत्रन चाहान्छ । बैङलोरका ९ खेलाडीले आइपिएको पहिलो खेलमा चेन्नइविरुद्ध दोहोरो अंक जोड्न सकेका थिएनन् ।

यसअघि हिजो भएको खेलमा कोलकाता नाइट राइडर्सले लगातार दोस्रो जित हात पारेको छ । कोलकाताले किंग्स इलेभेन पञ्जावलाई २८ रनले हराएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  ४ : ३३ बजे