४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपालगञ्जमा महिलाले चलाउदै “सिटी बस”



नेपालगञ्ज ।
नेपालगञ्ज उपमहानगरपालिकाले महिला चालक राखेर ‘सिटी बस’ चलाउने भएको छ । तत्कालका लागि महिला चालक फेला नपरे कन्डक्टर राख्ने र विस्तारै बस चलाउन सिकाएर महिलालाई चालक बनाउने उपमहानगरपालिकाले नीति लिएको छ ।
नेपालगञ्जदेखि विभिन्न ग्रामीण क्षेत्रमा सातवटा बस सञ्चालन गर्ने परिषद्ले निर्णय गरेसँगै उपमहानगरपालिकाले बस खरिद प्रक्रिया अघि बढाएको हो ।
उपमहानगरपालिकाले कस्तो मोडेलको बस किन्ने भनेर देखाउन कम्पनीले दुईवटा बस नेपालगञ्ज उपमहानरपालिका कार्यालयभित्र र्पुयाइसकेको छ । ‘तत्कालै त नहोला । तर, हामी बस किन्ने प्रक्रियामा छौं । दुई वटा बस नमूनाका लागि कम्पनीले पठाइदिएका छन्, सूचना अधिकृत शरद पौडेलले भने, बस किन्ने प्रक्रिया अघि बढिसकेको छ ।’
सिटी बस नेपालगञ्जदेखि हिरमिनिया, कम्दी, गौघाट, खजुरा, कोहलपुरसम्म सञ्चालन आउने सूचना अधिकृत पौडेलले जानकारी दिए । बस समितिले नेपालगञ्ज कोहलपुर चलाएपनि अन्यत्र सिटी बस चलाएको छैन ।
सिटी बसमा जेष्ठ नागरिक, अपाङ्ग, महिलालाई विशेष आरक्षण सिटको व्यवस्था गरिने छ । भाडा पनि अरु भन्दा कम हुने पौडेलले बताए । गरीब, पछाडि परेका व्यक्तिलाई चालकमा राखेर बस सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  ९ : ३१ बजे