काठमाडौं ।
कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल्न गएको नेपाली टिम स्वदेश फिर्ता भएको छ । प्रशिक्षकमा योहान कालिन नियुक्त भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न गएको नेपाली टिम कुवेतविरुद्ध एक खेलमा पराजित र एक खेलमा बराबरी भएर स्वदेश फिर्ता भएको हो ।
नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीले स्वागत गरेका छन् ।
प्रतिक्रिया