४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

महामन्त्री कोइराला भन्छन् , सभापति फेर्नुपर्छ



दाङ ।
नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको सभापति फेरिनुपर्ने बताउनुभएको छ । दाङमा भएको एक कार्यक्रममा महामन्त्री कोइरालो पार्टी सभापति शेरबहादुर देउवातर्फ इंकित गर्दै अब पार्टीको सभापति फेरिनुपर्ने बताउनुभयो । कांग्रेसभित्र परिवर्तन जरुरी भइसकेको भन्दै यसलाई कसैले पनि छेक्न नसक्ने बताउनुभयो ।
नेपाली कांग्रेस दाङको आयोजनामा आज घोराहीमा गरिएको कार्यक्रममा कोइरालाले त्यस्तो बताएका हुन्। महामन्त्री कोइरालाले कांग्रेस भित्र परिवर्तन नआएमा र अनुभूति नभएका पार्टीले गति लिन नसक्ने ठोकुवा गर्नुभयो ।
कोइरालाले अबको सभापति को बन्ने भन्ने विषयमा छलफल गरी अगाडि जाने बताउनुभयो । कसले पार्टीको बागडोर सम्हाल्ने भन्ने कुरा पछि छलफल गर्दै जाउँला, उनले भने, ’पार्टीमा आवश्यकता अनुसारको नेतृत्व आउँछ।’
कांग्रेस एक भए आगामी निर्वाचनमा कम्युनिस्टलाई परास्त गर्न सकिने बताउनुभयो । नेपाल हिन्दु राष्ट्र नभई धार्मिक स्वतन्त्रता भएको देश बन्नुपर्ने बताउनुभयो । हिन्दु राष्ट्र भए पनि आफूलाई आपत्ति नरहेको र धर्म निरपेक्षता कांग्रेसले स्वीकार नगर्ने बताउनुभयो । उहाले यसमा जनमत संग्रह गर्नुपर्ने औल्याउनुभयो ।

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  १२ : २८ बजे