४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एसईई र बन्दको कार्यक्रम घोषणा एकैदिन, झुक्किए विप्लव



काठमाण्डौ ।
माध्यमिक शिक्षा परीक्षा एसईई आइतबारदेखि चलिरहेको छ । २१ गतेसम्म चल्ने परीक्षामा देशभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएकामा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्जाम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थीले परीक्षा दिइरहेका छन् । तर परीक्षाकै बीचमा नेत्रविक्रम चन्द विप्लव समूहले बन्दको आह्वान गर्दा परीक्षा नै प्रभावित हुने चिन्तामा विद्यार्थीहरु परेका छन् ।

विप्लव नेतृत्वको नेकपाले १६ गते शनिबारका दिन नेपाल बन्दको आह्वान गरेको छ । आफ्नो पार्टीलाई लगाएको प्रतिबन्ध फिर्ता हुनुपर्ने र पक्राउ परेका नेता कार्यकर्ता रिहाईको माग गर्दै उसले १६ गते बन्द आह्वान गरेको हो ।

विप्लव समूहले जारी गरेको विज्ञप्तिमा कक्षा १० का विद्यार्थीको एसईई परीक्षालाई बाधा नपरोस् भनेर शनिबारका लागि बन्द आह्वान गरिएको भनिएको भए पनि शनिबारका दिन समेत एसईई परीक्षा छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  ६ : ५७ बजे