काठमाडौं ।
नेपाली श्रमिकलाई जापान लैजाने विषयमा नेपाल र जापानबीच सोमबार कामदारको क्षेत्रमा सहकार्यको समझदारी एमओसीमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा हस्ताक्षर भएसँगै आगामी अप्रिल १ देखि नेपाली कामदार जापान लैजाने विषयमा प्रक्रिया अघि बढ्ने छ ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले श्रम समझदारीमा हस्ताक्षर गरे ।
समझदारी भएसँगै नेपालमा जापानले कोरियन भाषा परीक्षा ईपीएस शाखा कार्यालय जस्तै जापानीज सूचना केन्द्र खोल्न भएको छ । भाषा परीक्षा उत्तिर्ण गरेर जाने तथा जापानमा त्यहाँका नागरिकसरह तलव, सुविधा पाउने भएका कारण यो तुलनात्मक रुपमा निश्पक्ष र लाभदायक हुने अपेक्षा श्रम मन्त्रालयले गरेको छ ।
नेपाली कामदार सरकारी संयन्त्रमार्फत नै जापान जान पाउनेछन् । जापान कामदार पठाउने काममा म्यानपावर कम्पनी संलग्न हुने पाउने छैनन् ।
एमओसी समझादारीपत्रमा हस्ताक्षर भएपनि ठूलो संख्यामा नेपाली श्रमिक रोजगारीका लागि जनापान जान पाउने सम्भावना भने कम छ । सोमबार श्रम समझदारी भएपनि आगामी अप्रिलदेखि जापानमा नेपाली कामदार लैजाने प्रक्रिया शुरु हुनेछ ।
पहिलो चरणमा जापानले ४ क्षेत्रलाई प्राथमिकतामा राखेको पाइएको छ । सुरुवाती चरणमा स्वास्थ्य, उद्योग, केयरगिभर र कृषि क्षेत्रका लागि नेपाली श्रमिक लिने जापानको नीति छ ।
प्रतिक्रिया