४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

युरोकप छनौटः जर्मनीको नेदरल्याण्ड्स माथि रोमाञ्चक जित



एजेन्सी ।
युरोकप छनोट अन्तर्गत बेल्जियमले लगातार दोस्रो खेलमा जित निकाल्दा जर्मनीले नेदरल्याण्ड्स माथि रोमाञ्चक जित निकाल्यो ।
जर्मनीले नेदरल्याण्ड्सलाई तीन दुई गोलले हरायो । खेलको १५ औं मिनेटमा सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसपछि ३४ औं मिनेटमा नाब्रेले गोल गर्दै पहिलो हाफमा जर्मनी दुई शून्यले अगाडि रह्यो ।
तर नेदरल्याण्ड्सले त्यसपछि दोस्रो हाफमा १५ मिनेटमा दुई गोल फर्काउदै सनसनी मच्चाएको थियो । उसका लागि डी लिग्ट र डीपेले एक–एक गोल गरे । तर खेलको ९० औं मिनेटमा सुर्लेले गोल गर्दै जर्मनीलाई रोमाञ्चक जित दिलाए ।
यस्तै अर्को खेलमा पोल्याण्डले पनि लातभियालाई दुई शून्यले नै हरायो भने नर्दन आयरल्याण्डलले बेलारुसलाई दुई एकले पाखा लगायो ।

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  २ : ४६ बजे