४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

युरोकप छनौटः साइप्रसमाथि बेल्जियमको जित



एजेन्सी ।
युरोकप फुटबल २०२० को छनौट अन्तर्गत आइतबार राति भएको खेलमा बेल्जियम विजयी भएको छ । विश्वकप २०१८ को सेमिफाइनलिस्ट बेल्जियमले साइप्रसमाथि २–० को जित निकालेको हो ।
बेल्जियमको जितमा इडन हजार्ड र मिची बात्शुयीले गोल गरे । राष्ट्रिय टिमबाट १०० औँ खेल खेलेका हजार्डले गोल गरेका हुन् । उनले १० औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । १८ औँ मिनेटमा बात्शुयीले गोल गर्दै अग्रता दोब्बर पारेका हुन् ।
दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र बेल्जियम विजयी भयो । समूह आई अन्तर्गत नै आइतबार राति भएका खेलमा स्कटल्याण्डले सानमारिनोलाई २–० तथा रुसले काजखस्तानलाई ४–० ले हराएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  २ : ४४ बजे