४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

युरोपकप फुटबल २०२० को छनौमा क्रोएसिया पराजित



एजेन्सी ।
विश्वकप फुटबलको फाइनलिस्ट क्रोएसिया युरोपकप फुटबल २०२० को छनौट अन्तर्गत आइतबार राति भएको खेलमा पराजित भएको छ । समूह ई मा रहेको क्रोएसिया आइतबार राति भएको खेलमा हंगेरीसँग २–१ ले पराजित भएको हो ।

हंगेरीको जितमा स्जालाई र पाट्काईले गोल गरे । क्रोएसियाका लागि रिबिकले एक गोल फर्काए । समूह ई कै अर्को खेलमा वेल्सले स्लोभाकियालाई १–० ले हराएको छ । अरु खेलमा इजरायलले अस्ट्रियालाई ४–२ तथा पोल्याण्डले लात्भियालाई २–० ले हराएको छ ।
स्लोभेनिया र मेसेडोनियाले १ –१ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  २ : ४१ बजे