४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वडा अध्यक्षको निधनमा शिवराज नगरपालिकामा शोक विदा



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा सोमबार शोक विदा दिइएको छ । वडा नंं. १० की वडा अध्यक्ष सकुन्तला भारतीको निधनमा नगरपालिकाले एक शोक विज्ञप्ति जारी गरेर विदा दिएको हो । साथै भारतीको निधनमा राष्ट्रिय झण्डा आधा झुकाइएको भएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पिडित रहेकी भारतीको काठमाडौं स्थित एक अस्पतालमा उपचारको क्रममा शनिबार साँझ निधन भएको हो ।
७६ वर्षीया भारती स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वार रही यस वडाको वडा अध्यक्षको रुपमा निर्वाचित भएकी थिइन् । स्वर्गीय भारतीको शव काठमाडौं रहेकोले सोमबार मात्र गृह जिल्ला ल्याई दाह संस्कार हुने गरिने पारिवारिक स्रोतले जनाएको छ ।
वडा अध्यक्ष भारतीको निधन प्रति नगर प्रमुख नेत्रराज अधिकारीले गहिरो दुःख व्यक्त गर्नुभएको छ । वडा अध्यक्षको निधनले नगरलाई नै ठूलो घाटा पुगेको भन्दै मृत आत्म प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  २ : १८ बजे