४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

यू १९ विश्वकपमा नाईजेरिया छनोट



एजेन्सी ।
नाईजेरिया यू १९ क्रिकेट टिम पहिलो पटक यू १९ विश्वकपको लागि छनोट भएको छ । आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकपमा नाईजेरियाले स्थान बनाएको हो ।

शनिवार सम्पन्न भएको आईसीसी यू१९ वल्डकप क्वालिफायर अफ्रिका डिभिजन १ बाट ६ टोली सम्मेलित प्रतियोगितामा शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो । नाईजेरियाले ५ खेलमा शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा रहेर पहिलो पटक यू१९ विश्वकपको लागि छनोट हुन सफल भयो । नाइजेरियाले केन्या, नामिविया, युगाण्डा जस्ता देशलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो ।

द्वन्दको चपेटामा परेको नाइजेरियाले सन् २००२ मा आईसीसीको सदस्यता प्राप्त गरेको थियो । नाईजेरिया क्रिकेटले यो उमेर समुह र सिनियर दुवैमा अहिलेसम्मकै सर्वाधिक ठूलो सफलताको रुपमा लिइएको छ ।

नेपाल पनि यू१९ विश्वकपको लागि एसिया छनोट खेल्दैछ । अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने एसिया छनोटमा नेपाल, कुवेत, मलेसिया, यूएई, ओमान र सिंगापुर गरि ६ राष्ट्र सहभागी हुनेछन् । प्रतियोगितामा शीर्षस्थानमा रहने टिमले सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप खेल्न पाउने छ । त्यसअघि नेपाली क्रिकेट टोली अभ्यासको लागि भारत भ्रमण रहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  ४ : ५८ बजे