४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रिसभको विष्फोटक ब्याटिङः दिल्लीले मुम्बइलाई दियो २१४ रनको लक्ष्य



मायादेवी अनलाइन, कपिलवस्तु ।
आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्सले मुम्बई इण्यिन्ससामु २१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । आजको दोश्रो खेलमा पहिला मध्यम सुरुवात गरेको दिल्लीले उत्कृष्ट पुनरागमन गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २१३ रन बनाउन सफल भयो । दिल्लीको लागि रिसव पन्तले धुँवादार ब्याटिङ गरेका छन् । आक्रामक रुपमा प्रस्तुत भएका युवा बयाट्समेन रिसभको ब्याट अन्तिम ओभरसम्म रोकिएन । उनले २७ बलमा ७८ रन बनाए । उनले ७ चौका र ७ छक्का प्रहार गरे । यस्तै कोलिन इन्ग्रामले अर्धशतक बनाउनबाट चुके । उनले ३२ बलमा ४७ रन बनाए । यस्तै शेखर धवनले ४३ रन बनाउन सफल भएका थिए । मुम्बइको लागि बुम्राह, बेन कटिङ र हार्दिक पाण्डेले एकएक विकेट लिए । अहिले मुम्बइले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  ४ : ४६ बजे