४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एसइइको पहिलो दिन शान्तिपूर्ण बातावरणमा परीक्षा सम्पन्न



मायादेवी अनलाइन, वाणगंगा ।
आइतबारबाट सुरु भएको एसइइको पहिलो दिन अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण बातावरणमा सम्पन्न भएको छ । परिक्षाका लागि तोकिएका जिल्लाभरका २९ वटा केन्द्रमा शान्तिपूर्ण बातावरणमा परीक्षा सम्पन्न भएको शिक्षा तथा समन्वय ईकाईका प्रमुख बाबुराम भट्टराइले जानकारी दिनुभयो ।
आइतबारको परीक्षामा नियमित तर्फ जिल्लाभरका ६ हजार ९ सय ३६ मध्ये १ सय विद्यार्थी अनुपस्थित भएका छन् । २९ केन्द्रमा १ सय २२ स्कुलका विद्यार्थीले एसइइमा सहभागीता जनाएको उहाँले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । त्यसमध्ये भेलाहीका एक जना दृष्टिविहिन विद्यार्थीले पनि परीक्षा दिएका छन् । गत बर्षभन्दा यस बर्षमा विद्यार्थीको सहभागिता उत्साहजनक भएको पनि उहाँले बताउनु भयो ।
यसैगरी प्रदेश ५ का अरु ११ जिल्लामा पनि परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हाम्रा सहकर्मीहरुले जानकारी दिनुभएको छ । परिक्षाको अनुगमनका लागि परीक्षा समन्वय समिति, शिक्षा तथा समन्वय ईकाई, स्थानीय निकायका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको अनुगमन टोली बनाईएका कारण पनि परीक्षा मर्यादित बनेको बताइएको छ । जिल्लामा यस बर्ष २९ वटा परिक्षा केन्द्र कायम गरिएको छ ।
जसमध्ये तौलिहवाको बुद्ध ज्योति माबिको परिक्षा केन्द्र महिलाको नेतृत्वमा रहेको छ । शिक्षिका ईन्दिरा घिमिरेको नेतृत्वमा त्यहा परिक्षा संचालन चइरहेको छ । देश ५ मा एसईई सम्पन्न गर्नका लागि झण्डै तीन करोड बजेटको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  ४ : २७ बजे