४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आईपीएलः रसल चम्किदा हैदराबादको पराजय यात्रा



एजेन्सी । 

इण्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।

कोलकाताले सनराइजर्स हैदराबादलाई ६ विकेट ले हरायो । कोलकातास्थित मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा तीन विकेट गुमाउँदै १८१ रनको बलियो योगफल तयार पारेको थियो ।

यसका लागि डेभिड वार्नरले ८५ रनको विस्फोटक इनिङ खेले । ५३ बलमा वार्नरले ९ चौका र ३ छक्का प्रहार गरेका थिए । विजय शंकरले पनि अविजित ४० रनको योगदान दिए । २४ बलमा उनले २ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै  जोनी बेष्र्टोले ३९ रन जोडे ।

१८२ रनको लक्ष्य कोलकाताले २० ओभर पूरा हुन दुई बल बाँकी रहँदा चार विकेट गुमाएर पूरा र्गयो । कोलकाताका लागि नितिस रानाले ६८ रनको जोडे । उनले ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए ।

एन्ड्र्यू रसेलले १९ बलमा ४९ रन बनाउँदा चार चौका र चार छक्का प्रहार गरे । रोबिन उथपाले ३५ तथा शुभमन गिलले १८ रनको योगदान दिए ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  ४ : १३ बजे