४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रायमाझी समितिको साधारण सभा तथा अधिवेशन सम्पन्न



बाबुराम रायमाझी ।
रायमाझी कुलदेवता जिल्ला कार्यसमिती कपिलवस्तुको ७ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । बन्धुत्व एकता कायम गरौँ, कुल धर्मको रक्षा गरौँ भन्ने नाराका साथ वाणगंगा ७ बनगाईमा एक कार्यक्रमको आयोजना गरि साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट आगामि ३ बर्षका लागि पुनः विष्णु बहादुर रायमाझीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको छ ।
जसको उपाध्यक्षमा कमला रायमाझी, सचिवमा यमेन्द्रजंग रायमाझी, सहसचिवमा वाबुराम रायमाझी, कोषाध्यक्षमा झविन्द्र रायमाझी, सदस्यमा योगमाया रायमाझी, राम बहादुर रायमाझी, गंगा रायमाझी, शुष्मा रायमाझी, राम बहादुर रायमाझी, पार्वती रायमाझी, लक्ष्मण रायमाझी लगायत रहेका छन् । त्यस्तै साधारण सभामा संस्थाका सचिव यमेन्द्र जंग रायमाझीले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष झविन्द्र रायमाझीले १० लाख ३ हजार बराबरको आयव्यय सार्वजनिक गरेका थिए । कार्यक्रम मार्फत काठमाण्डौ निवासी काजिमान रायमाझीले रायमाझी समितीलाई अक्षयकोषका लागि १ लाख २५ हजार दिने घोषणा गरेका थिए । कार्यक्रममा रायमाझी वन्धुमा ८० बसन्त पार गरेका ३ जना जेष्ठ नागरीक, एसइइ र कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने ७ जना विद्यार्थी, जग्गादाता ९ जना र रायमाझी कुलदेवता समितिलाई विशेष योगदान पु¥याउने ५ जनालाई कार्यक्रमका प्रमुख अतिथीले दोसल्ला र कदर पत्रबाट सम्मानित गर्नुभएको थियो ।
बुटवल नगर समिती अध्यक्ष राजेन्द्र सिंह, काजिमान रायामाझी, धु्रर्व रायमाझी, पिताम्बर रायमाझी, जितविकास रायमाझी लगायतले रायमाझी बन्धुहरुको हक हितको लागि यो संस्थाको स्थापना भएको र अन्य जिल्लाको तुलनामा यो जिल्लाको संस्थाले नमुना योग्य काम गरि केन्द्रबाट पनि सम्मानित भएको भन्दै साधारण सभा तथा अधिवेशनको सफलताको शुभकामना दिएका थिए । जिल्ला कार्यसमिती अध्यक्ष विष्णु बहादुर रायमाझीको अध्यक्षता, केन्द्रिय सदस्य बोम बहादुर रायमाझीको प्रमुख आतिथ्यता, उपाध्यक्ष कमला रायमाझीको स्वागत तथा सचिव यमेन्द्र जंग रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  १ : १७ बजे