९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

केन्द्रिय मन्त्रीको स्कटिङमा दुई जना प्रहरी, त्यही पनि मोटरसाइकलमा !



मायादेवी अनलाइन, वाणगंगा ।
केन्द्रिय सरकारका मन्त्रीको स्कटिङमा कपिलवस्तु प्रहरीले दुई जना सुरक्षाकर्मीको प्रयोग गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माको सुरक्षाको लागि कपिलवस्तु प्रहरीले दुई जना प्रहरी खटाएको हो । मन्त्री कुनै अर्को जिल्लाको भ्रमणका लागि जिल्ला आउनुभएको थिएन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगीताको पूर्व सन्ध्यामा मन्त्री विश्कर्मा प्रदेश नं. ५ का विभिन्न जिल्लाको अवलोकनका लागि निस्किनुभएको हो । त्यही शिलशिलामा मन्त्री विश्वकर्मा दिउँसो पौने २ बजे कपिलवस्तु प्रस्थान गर्नुभएको थियो ।
जिल्ला खेलकुद विकास समितिको सम्पर्कमा यहाँ आउनुभएका मन्त्रीले जिल्लाका केही खेलकुद मैदानको अवलोकन गर्ने पूर्व निर्धारित कार्यक्रम थियो । तर, केन्द्रिय सरकारका मन्त्री कपिलवस्तु आउँदा सुरक्षाकर्मीले बेवास्था गरेको पाइएको छ । मन्त्री आउँने जानकारी जिल्ला खेलकुद विकास समितिले जिल्ला प्रशासन कार्यालयमा अग्रिम जानकारी दिएपनि मन्त्रीको सुरक्षामा चाँसो नदिएको पाइएको छ ।
इलाका प्रहरी कार्यालय पिपराले मन्त्रीको सुरक्षाका लागि एउटा मोटरसाइकल मात्र प्रयोग गरेको छ । प्रहरी नायव निरिक्षक सहित दुई जनाले मात्र मन्त्रीको स्कटिङ गरे । ती प्रहरी मोटरसाइकलमा सवार थिए । मन्त्री विश्वकर्माले जिल्लाका दुई खेलकुद मैदानको निरिक्षण गर्नुभएको थियो । वाणगंगा नगरपालिकामा अवस्थित बुद्धरंगशाला र मायादेवी रंगशालाको मन्त्री विश्वकर्माले अवलोकन गर्नुभएको हो ।
सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको अवस्थामा केन्द्रिय तहका मन्त्रीको आवगमनमा सुरक्षाकर्मीले देखाएको उपस्थितीले सरोकारवाला अचम्मित परेका छन् । वाणगंगा नगरपलिका वडा नं. ७ का वडा अध्यक्ष विष्णु गिरीले कपिलवस्तु प्रहरीले मन्त्रीको सुरक्षार्थ दुई जना खटाउनुलाई आफु अचम्मित भएको बताउनुभयो । “केन्द्रिय मन्त्रीको सुरक्षामा प्रहरीको बाक्लो उपस्थिती हुनुपर्ने हो वडा अध्यक्ष गिरीले भन्नुभयो, दुई जना मात्र प्रहरी देखेर अच्चिमत परे ।”
मन्त्रीको सुरक्षाको सवालमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक अच्युतम प्रसाद पुडासैनीले प्रहरी सामु प्रयाप्त गाडी नहुँदा समस्या भएको बताउनुभयो । इलाका प्रहरी कार्यालयमा एउटा मात्र गाडी छ उहाँले भन्नुभयो, “प्रहरी स्कटिङमा समस्या पर्छ नै ।”
कपिलवस्तु विप्लव नेतृत्वको नेकपाको राम्रै पकट भएको क्षेत्र हो । फागुन अन्तिम साता मात्र प्रहरीले शिवगढीमा ‘सर्च अप्रेशन’ गरेको थियो । त्यही क्रममा स्थानीयबासी र विद्यार्थी प्रहरीलाई आक्रमण गर्न तम्सिएका थिए । विहान ८ बजे भएको उक्त घटनाको विरोधमा सर्वसाधारण उत्रिएका हुन् ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  १० : ४५ बजे