४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कामदार लाने विषयमा नेपाल र जापानबीच भोलि समझदारी हुने



काठमाण्डौ ।
नेपाल र जापानबीच नेपाली कामदार लाने विषयमा भोलि सोमबार श्रमिक आपुर्तिबारे सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको छ । काठमाण्डौमा एक कार्यक्रमकाबीच नेपाल र जापानबीच हस्ताक्षर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चारवटा मन्त्रालयका अधिकारीहरुले कामदार आपूर्ति गर्नेबारे सहकार्यको समझदारीमा हस्ताक्षर गर्नेछन् ।
जापानी पक्षको हस्ताक्षरसहितको एमओसी नेपालस्थित जापानी राजदूतले श्रमसचिवसमक्ष पेस गर्ने कार्यक्रम छ । सन् १९९३ यता जापानले नेपालसहित विभिन्न १५ देशबाट अन्तर्रा्ष्ट्रिय तालिम सहयोग निकाय (जिट्को) सम्झौता अन्तर्गत तालिमसँगै रोजगारी दिने गरी प्रशिक्षार्थी कामदार लैजाँदै आएको थियो । त्यसैअनुसार आर्थिक वर्ष ०६४र६५ देखि नेपाली कामदार जापान जान सुरु भएको हो ।
जापान सरकारले आउँदो अप्रिल १ तारिखदेखि विभिन्न ९ देशबाट कामदार लैजाने घोषणा गरेको थियो । त्यसैअनुसार अप्रिल १ तारिखदेखि नै कार्यान्वयनमा आउने गरी नेपाल र जापानबीच एमओसीमा हस्ताक्षर हुन लागेको हो ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  ९ : ०६ बजे