४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

निर्मला हत्या प्रकरणमा पूर्व एसपी बिष्टसँग साढे १० लाख धरौटी माग



धनगढी ।
निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट पारेको र यातना दिएको मुद्दामा कञ्चनपुरका पूर्व एपसपी दिल्लीराज बिष्टलाई अदालतले साढे १० लाख धरौटी बुझाएर रिहा हुन पाउने गरि फैसला सुनाएको छ ।
बिष्टलाई प्रमाण नष्ट पारेको मुद्दामा चार लाख ५० हजार र यातना दिएको मुद्दामा ६ लाख गरि साढे १० लाख धरौटी तोकिएको हो। जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले उक्त फैसला सुनाएको हो ।
धरौटी बुझाएपछि बिष्टलाई रिहा गर्न आदेश भएको पनि श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट पारेको र विभिन्न व्यक्तिलाई यातना दिएको भन्दै एसपी बिष्टविरुद्ध मुद्दा परेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  ७ : ३१ बजे