४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

चोरी आरोपमा एसईई दिने विद्यार्थीसहित दुई पक्राउ



बागलुङ ।

जिल्लाको काठेखोला गाउँपालिकामा चोरी गरेको आरोपमा शनिबार दुईजना पक्राउ परेका छन् ।

विभिन्न स्थानका पसलबाट चोरी गरेको आरोपमा काठेखोला ६ सौरनीका १५ वर्षीया बुद्धि सुनार र वडा नम्बर ५ देउरालीका वर्ष  २७ वर्षीय मिठु भनिने हर्कबहादुर सुनार पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये बुद्धि सुनार भिमसेन मावि बिहुँबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने तयारीमा थिए । प्रहरीले उनीहरुको साथबाट नगद ५९ हजार ५ सय १ रुपैयाँ बरामद गरेको प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर थापाले जानकारी दिए ।पक्राउ परेका दुईलाई थप सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको थापाले जानकारी दिए । गत चैत ३ गते काठेखोला गाउँपालिका ६ बिहुँ हटियाका छविलाल कँडेलको पसल फोडेर नगद ५२ हजार र रिचार्ज कार्ड चोरी भएको थियो ।

त्यसअघि काठेखोला गाउँपालिका ६ इनारपानीबाट खिमानन्द कँडेलको नगद जिन्सी चोरी भएको थियो भने सोही वडाका हरिलाल कँडेलको घरमा समेत चोरी भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  ६ : ३१ बजे