४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ठूलो पानी जहाजको इन्जिनमा समस्या, १३०० जनाको उद्धार



एजेन्सी ।
ठूलो संख्यामा यात्रु सवार पानी जहाजको इन्जिनमा समस्या आएपछि झण्डै १३ सय जनालाई उद्धार गरिएको छ । नर्वेको पश्चिमी तटीय क्षेत्रको समूदामा पानी जहाजको इन्जिनमा समस्या देखिएको हो ।

पानी जहाजमा रहेका सबैलाई किनारमा सकुशल निकालिएको नर्वेको ओग रोमस्डाल काउन्टीको प्रहरीले जनाएको छ । उद्धारका लागि पाँचवटा हेलिकप्टर र अरु पानी जहाज प्रयोग गरिएको हो ।

एमभी विकिङ स्काई नाम गरेको पानी जहाज स्टावान्गेरबाट ट्रोम्सो जाँदै थियो । पानी जहाजको इन्जिनमा समस्या आएको तथा तीव्र गतिमा हावा चल्ने एवम् समुद्री छाल आउने सम्भावना भएपछि उद्धार गरिएको नर्वेको समुद्री उद्धार समितिले जनाएको छ । पानी जहाज नर्वेजियन सागरमा थियो ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  ६ : ११ बजे