४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आफ्नै जिउमा आगो लगएका पुरुषको उपचारका क्रममा मृत्यु



जनकपुर ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुरमा आफ्नै जीउमा आगो लगाएका एक पुरुषको शनिबार राति उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामगोपालपुर–५ कञ्चनपुरका ६० वर्षीय सूर्यदेव मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

शनिबार दिउँसो घरमा कोही नभएको बेला शरीरभरि कपडा बेरी मट्टितेल छर्केर आफैँले आगो लगाएका मुखियाको अवस्था गम्भीर भएपछि परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेका थिए । उनको गए राति उनको करीब ८ बजे उपचारकै क्रममा मृत्यु भएको थियो ।
मुखिया के–कति कारणले आफैंले जीउमा आगो लगाए भन्नेबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । मृतकको शव परीक्षणपश्चात परिवारजनलाई बुझाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  ५ : ५९ बजे