४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लाइन्स क्लबको बृहत स्वास्थ्य शिविर



मायादेवी अनलाइन, वाणगंगा ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं. १४ पाब्ब्रामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट करिब तीन सम जनाले स्वास्थ्य उपचार सेवा लिएको आयोजकले जनाएको छ ।

लाइन्स क्लब अफ कपिलवस्तुको आयोजना तथा सिएण्डसी हस्पिटलको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा छाला, नसा, प्रसुती, मुटु, सुगर, प्रशेर लगायतका विरामीले सेवा लिएका छन् ।

शिविरमा वडा नं. १४ का गौरी, गन्दी, करेचुली, पाब्ब्रा, विक्रम, हडा, सुखौरा, तोरीबारी, बठेनी लगायतका विरामी आएको वडा नं. १४ का सामाजिक सहजकर्ता लेखनाथ पोख्रेलले बताउनुभयो ।
शिविरमा फिजिशियन तथा सुगर रोग विशेषज्ञ प्रकाश पुन, त्यसैगरी चिकित्सक दोय विक्रम बस्नेत र सुवाश रेग्मीले पनि विरामीहरुको परिक्षण गर्नुभएको थियो ।

शिविरमा एक सय बढी मुटुरोगीले ईसिजि सेवा लिएका छन् । विरामीहरुलाई निशुल्क रुपमा औषधि पनि वितरण गरिएको लाइन्स क्लब कपिलवस्तुका अध्यक्ष कृष्ण केसीले जानकारी दिनुभयो । केसीको अध्यक्षता तथा महासचिव धातानन्द भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  २ : ०४ बजे