४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बोर्डिङ सरह सामुदायिक बिद्यालयमा पढाई हुनुपर्नेमा जोड



बिष्णु कुमार आले, अर्घाखाँची ।
गुणस्तरीय शिक्षा प्रदानमा शिक्षकहरु प्रतिवद्ध भए मात्र शैक्षिक गुणस्तर कायम हुने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन ।
नेपाल शिक्षक संघ शितगंगा नगरपालिकाले आयोजना गरेको प्रथम स्थानीय प्रतिनिधी सभामा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा नेपाल शिक्षक संघ पाँच नम्बर प्रदेश अध्यक्ष अर्जुन कुमार योगीले शिक्षक सधै शैक्षिक गुणस्तर कायम गर्न लागि परेको बताउनु भयो । बिभिन्न बहानामा शिक्षकलाई उपेक्षा गर्दै आएपनि आफुहरु सदैब शैक्षिक गुणस्तर बढाउन मै केन्द्रीत रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले गुणस्तरीय शिक्षा प्रदानमा शिक्षकहरु प्रतिबद्घ भएर लाग्न आग्रह गर्नु भयो । शिक्षक समाजको ऐना भएकाले समुन्नत समाज निर्माणमा शिक्षक वर्गको अहम् भुमिका हुने भन्दै भुसालले सानो पैसामा जागिर खाएका बोर्डिङ स्कुलका शिक्षकले सरह सरकारी स्कुलमा पढाउने शिक्षकले पढाउन किन सक्दैनन् उहाले प्रश्न गर्नु भयो ।
उहाँले सम्पुर्ण सेवा सुबिधा लिएर पनि सरकारी स्कुलमा कार्यरत बिद्यालयका शिक्षक शिक्षिकाहरूले डिउटीमा आलटाल गर्ने, राम्रो पढाईमा ध्यान नदिने, स्कुलमा बिधार्थी अनुशासनमा नराख्ने, बिद्यार्थीमा शिष्टताको बिकास नगराउने जस्ता कुरामा ध्यान नदिएको पाईएको छ । यसमा सरकार गम्भीर हुन आवश्यक भएको बताउनु भयो ।
सोहि कार्यक्रममा बोल्दै शितगंगा नगर प्रमुख सुर्य अधिकारीले नगरको शैक्षिक सुधारको लागि आफु रात दिन नभनी लागी परेकोले सबैले आफुलाई सहयोग गर्नु पर्ने बताउनु भयो । उहाँले नगरको शैक्षिक विकासका निम्ति आफुले नगरबाट प्राप्त गर्ने चार बर्षको सबै मासिक पारीश्रमिक अपाङ्ग, दलित, कमजोर अबस्था भएका जेहन्दार विद्यार्थीको शिक्षाको निम्ती खर्च गर्ने घोषण समेत गर्नु भयो ।
कार्यक्रममा नेपाली कांगेसका जिल्ला सचिव छविलाल पौडेल, नेपाल शिक्षक संघ केन्द्रिय सदस्य नेत्र न्यौपाने, छत्रदेब गाउपालीका अध्यक्ष लेखनाथ पोख्रेल, द्रेड युनियन कांगेस ५ नम्बर सचिब नन्दराम भट्टराई, नेपाल शिक्षक संघ ५ नम्बर उपाध्यक्ष कृष्ण पौडेल, नेपाली कांगेस जिल्ला सदस्य माधब पौडेल, शिक्षक संघ जिल्ला अध्यक्ष यादब घिमिरे लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम नेपाल शिक्षक संघ शितगंगा नगर अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षता, सचिब मधु पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  १ : ४२ बजे