४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आजदेखि एसइइ सुरु, ५ नम्बर प्रदेशका कुनकुन जिल्लाबाट कति परीक्षार्थी ?



कपिलवस्तु  ।

आजदेखि यस बर्षको माध्यमिक शिक्षा परीक्षा एसइइ सुरु हुँदै छ । कपिलवस्तु जिल्लाबाट ७ हजार १०९ जना विद्यार्थीले परिक्षा दिँदै छन् । शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख बावुराम भट्टराईका अनुसार नियमित ६ हजार ४०९, ईक्जमान्टेड ४ सय ३८ र प्राबिधिक ४ सय २८ जना परीक्षार्थी छन । परीक्षा बिहान ८ बजेबाट शुरु हुने जनाइएको छ । आज पहिलो दिन विद्यार्थीहरुले अंग्रेजी विषयको परिक्षा दिने छन् ।
परिक्षाका लागि २९ वटा केन्द्र कायम गरिएको छ । गत बर्ष २८ परिक्षा केन्द्र रहेकोमा यस बर्ष दुधाधारी माबि गुगौलीमा परिक्षा केन्द्र थप भएको हो । रामगोर्खा उमाबि केन्द्रमा ३ सय २३ र सबै भन्दा कम महेन्द्र माबि कोपवामा १ सय ५६ जना परीक्षार्थी रहेको प्रमुख भट्टराईले बताउनुभयो । एसईईमा प्रदेश ५ बाट ७८ हजार ६ सय ५७ विद्यार्थी सहभागी हुँदैछन् । प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा धेरै विद्यार्थी रुपन्देहीबाट १७ हजार २ सय र सबैभन्दा कम पूर्वी रुकुमबाट १ हजार १ सय ७३ जना सहभागी हुदैछन् ।
दाङबाट ११ हजार २ सय ७६, बाँकेबाट ८ हजार १ सय ७४, बर्दियाबाट ७ हजार ८ सय ५५, पश्चिम नवलपरासीबाट ५ हजार ७ सय ७० विद्यार्थी सहभागी हुदैछन् ।

यस्तै पाल्पाबाट ५ हजार ५०, गुल्मीबाट ४ हजार ९ सय ११, रोल्पाबाट ३ हजार ६ सय ७३, अर्घाखाँचीबाट ३ हजार ५ सय ९४, प्यूठानबाट २ हजार ८ सय ६६ र पूर्वी रुकुमबाट १ हजार १ सय ७३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन । यीमध्ये २ हजार ३९ विद्यार्थी प्राविधिक तर्फका हुन् । प्रदेश ५ मा एसईईको परीक्षाका लागि झण्डै १२ हजार जनशक्ति परिचालन हुँदैछन् । प्रदेश ५ मा एसईई सम्पन्न गर्नका लागि झण्डै तीन करोड बजेटको व्यवस्था गरिएको छ।
यसैबीच शिक्षा निर्देशनालयले एसईईको परीक्षा मर्या्दित रुपमा सञ्चालन गर्नका लागि विभिन्न तयारी गरेको छ। मर्यादित परीक्षा बनाउन केन्द्रमा खटिनेहरुका लागि आचारसंहिता समेत बनाइएको छ। त्यस्तै मर्यादित रुपमा परीक्षा सञ्चालन भएको केन्द्रलाई पुरस्कृत गर्ने गरी बजेटको व्यवस्था पनि गरिएको छ। प्रत्येक जिल्लाबाट एक उत्कृष्ट केन्द्रलाई एक लाख रुपैयाँ पुरस्कार दिइने बताइएको छ। आज विहान ८ बजेबाट सुरु हुने परीक्षामा देशभरबाट परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  १ : ०५ बजे