४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सेनाद्धारा संचालित स्वास्थ्य शिविरमा २ हजारको स्वास्थ्य परिक्षण


९ चैत्र २०७५ शनिबार ००:००  

6
Shares

राम प्रघट कोरी, विजयनगर ।
नेपाली सेनाद्धारा विजयनगर गाउँपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । नारायणदल गणले स्वास्थ्य सेवामा सहज पहुँच नपुगेको कपिलवस्तु जिल्लाको ग्रामिण भेगमा पुगेर स्वास्थ्य शिविर संचालन गरेपछि स्वास्थ्य परिक्षण गराउने आउनेको संख्या धेरै थियो । सेनाको विशेषज्ञ डाक्टर सहितको स्वास्थ्यकर्मीको टोलीले विजयनगर ६ हरिबोध आधारभुत विद्यालय प्रेमनगरमा स्वास्थ्य शिविर संचालन गरेपछि जिल्लाको पश्चिम क्षेत्रका जनतालाई स्वास्थ्य परिक्षणमा सहजता आएको हो ।
स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरद्धारा आखाँ, छाला, हाड जोर्नी तथा नसा, स्त्री रोग सम्वन्धी समस्या भएका विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । हाड जोर्नी रोग विशेषज्ञ डा. राजिव हमाल, डेन्टल रोग विशेषज्ञ डाक्टर रुकुम त्रिपाठी र आँखा रोग विशेषज्ञ डाक्टर सन्तोषी सुवेदी, डा.धिरज केसरी लगायतका विशेषज्ञ टोलीले विजयनगरका २ हजार बढीको स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा मोतीयाबिन्दुका ५० जना र हाइड्रोसील हर्नियाको २५ जनामा समस्या देखा परेको थियो भने स्त्री रोग सम्वन्धी पनि धेरै समस्या लिएर आएको डाक्टरले बताएका छन् । निशुल्क स्वास्थ्य शिविरको गाउँपालिका अध्यक्ष गोपाल थापाले उद्धघाटन गर्नुभएको थियो । विजयनगर गाउँपालिकाको सहयोगमा सञ्चालन भएको थियो भने स्थानीय स्तरमा रहेका स्वास्थ्य संस्था शिवराज अस्पताल, छन्द नारायणी अस्पताल बहादुरगंज, ले पनि शिविरमा सहयोग पुरयाएका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ५ : ०७ बजे