४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नन्दनगरमा हुने महायज्ञको तयारी तीव्र, किन भिन्न हुँदैछ महायज्ञ ?



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा २ नन्दनगरमा हुने श्री भविष्य पुराण पाठपारायण तथा श्रीमद् भागवत ज्ञान महायज्ञ २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । श्री कैलाश आश्रम गुरुकुल संरक्षण समितिको आयोजनामा हुन लागेको महायज्ञको लागि आवश्यक भौतीक संरचना निर्माण लगायतका कामहरु अन्तिम चरणमा पुगेको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
नैतिक मूल्यमान्यतामा आधारित शिक्षाको माध्यमबाट बैदिक सनातम भर्म संस्कृतीको प्रवर्धन गर्दै सु संस्कृत एंव सभ्य समाजको निर्माण गर्ने मुख्य उद्धेश्यले महायज्ञ आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष रविराज ज्ञवालीले जानकारी दिनुभयो । अध्यक्ष ज्ञवालीले विभिन्न समिति उपसमिति बनाएर रातदिन काम गरिरहेकोले भोली साँझ सम्म कार्यक्रमको सबै तयारी पूरा हुने बताउनुभयो । अहिले सम्म प्रचारप्रसार, निमन्त्रणा लगायतका काम सम्पन्न भैसकेकाले महायज्ञ हुने दिन सांस्कृतीक झाँकी, बाजागाजा र भजनमण्डली सहित निकालिने र्यालीमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो । महायज्ञकै अवसरमा त्यहाँ निर्मित बिभिन्न भवनहरुको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै नन्दनगरको धार्मिक एंव पर्यटकीय स्थलको प्रर्वधन गर्ने र गुरुकुलको शैक्षिक स्तर उन्नती गर्ने अर्को उद्धे्रश्यले चैत्र ११ गते देखि १७ गते सम्म हुने महायज्ञलाई सफल बनाउन सम्पूर्ण नगर तथा जिल्लाबासीमा मूल आयोजक समितिका महासचिव अमित पौडेलले सबैमा अनुरोध गर्नुभयो । अहिले त्यहाँ सञ्चालित गुरुकुलले कक्षा ८ सम्मको सम्बन्धन पाएको छ भने गरुकुललाई संस्कृत विश्वविद्यालयकै रुपमा विकास गरिने ज्ञवालीले बताउनु भयो ।
महायज्ञको प्रदेश नं. ५ का प्रदेश प्रमुख उमाकान्त झाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महायज्ञको प्रमुख बाचकको रुपमा दिग्दर्शक बाचन शिरोमणी दिपक सापकोटा रहुनभएको हुँदा गत बर्षको बर्ष यस बर्षको महायज्ञ फरक हुने आयोजकको दाबी छ ।
ब्रह्मनिष्ठ तत्वोदर्शी सन्त शिरोमणी श्री एक हजार आठ स्वामी लोकानन्द जी महाराजको प्रमुख संरक्षक्त्वमा हुने महायज्ञमा भविष्य पुरायण पाठ पारायण श्रीमद् भागवत पाठ पारायण, एक हजार ८ कन्यापूजन, दीप प्रज्जवनल, वेद पाठ पारायण, सतचण्डी अनुष्ठान, धनधान्याञ्चल, तुलादान, पितृउद्धार लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।
यसैबीच नन्दनगर नगरको मात्र नभएर प्रदेश ५ कै प्रमुख सम्पत्ति भएको हुँदा यसको सरक्षणमा सबै एकजुट भएर लाग्नुपर्ने सरोकारवालाले बताएका छन् । महायज्ञको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सांसद विष्णु पन्थीले नन्दनगर पर्यटकीय र धार्मिक दृष्टिकोणले प्रदेशकै धरोहर भएको हुँदा यसको संरक्षण र सम्बर्धनमा आफुले प्रदेशको ध्यानाकर्षण गराउने बताउनुभयो ।
गुरुकुल शिक्षा पद्धती मूलकको अहिलेको आवश्यकता रहेको भन्दै यसको संरक्षणको लागि आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।
वडा नं. २ का अध्यक्ष तथा नगरका प्रबक्ता विष्णु पौडेलले नन्दनगरको विकासमा प्रदेशको ध्यान जानुपर्नेमा जाृड दिनुभयो ।, नगरपालिकाले नन्दनगरलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा लिएको भन्दै अब यसको विकासका लागि बजेट नै विनियोजन गरेर काम गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १ की अध्यक्ष बालकुमारी पन्त, वडा नं. ३ का सदस्य कूल बहादुर सोमै, पाणिनी बेद विद्याआश्रम अर्घाखाँचीका नारायण खनाल लगायतले बोल्दै नैतिक शिक्षाको विकासका लागि गुरुकुल शिक्षा आवश्यक रहेको बताउनु्भयो । कार्यक्रमको सहजीकरण अमित पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ४ : ४३ बजे