४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नायक पल शाह अभिनित ‘चौधै अञ्चल ससुराल’को म्युजिक भिडियो सार्वजनिक (भिडियो)



काठमाडौँ ।
अभिनेता पल शाहले अभिनय गरेको लोक पप गीत ‘चौधै अञ्चल ससुराल’को म्युजिक भिडियो सार्वजनिक भएको छ।शुक्रबार युट्युवमार्फत सार्वजनिक गरिएको रोमान्टिक गीतमा खुमन अधिकारीको स्वर, माधव न्यौपानेको शब्द र संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण विकले गरेका छन्।

गीतको म्युजिक भिडियोमा नेपाली चलचित्र जगतका चर्चित नायक पल शाह प्रस्तुत गरिएको छ। पललाई मोडल सारा शिर्पाली र अराज केशवले साथ दिएका छन्।

चौधै अञ्चलका नाम र प्रत्येक अञ्चलमा एक एक प्रेमिकाको नाम भन्दै उसँग माया जोडेको भावलाई प्रस्तुत गर्ने गीत रोमान्टिक खालको छ। यसको म्युजिक भिडियो पनि सोही अनुरुप तयार गरिएको छ।

म्युजिक भिडियोको निर्देशन विक्रम चौहान, छायाँकन अर्जुन तिवारी र सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।

हेरौँ भिडियो

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ९ : ५२ बजे