४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जानी राखौ पानी र पानीसँग जोडिएका केहि विश्वव्यापी तथ्य



एजेन्सी ।
विश्वमा अझै पनि दुई अर्ब १० करोड मानिसका स्वच्छ पानीको पहुँचमा छैनन्, अर्थात उनीहरुका घरमा पिउन लायक पानी छैन । उनीहरुलाई स्वच्छ पानी पुर्‍याउनु चुनौतिपूर्ण बनेको छ ।
विश्वका हरेक चार प्राथमिक विद्यालय मध्ये एकमा खानेपानीको सुविधा छैन । यस्तो अवस्थामा बालबालिकाले कि असुरक्षित स्रोतको पानी पिउँछन् वा तिर्खामै रहन्छन् ।

विश्वमा हरेक दिन पाँच वर्षमुनिका ७०० भन्दा बढी बालबालिका पानी वा कमजोर सरसफाईसँग सम्बन्धित झाडापखालासहितका रोगका कारण ज्यान गुमाउन बाध्य छन् ।
स्वच्छ पानीको पहुँचमा नभएका वा असुरक्षित पानी प्रयोग गर्नेहरु मध्ये ८० प्रतिशतको बसोबास ग्रामीण क्षेत्रमा छ ।

घरायसी प्रयोजनका लागि प्रयोग हुने पानी संकलन गर्ने जिम्मा अधिकांश रुपले महिला तथा किशोरीमा छ । हरेक १० मध्ये ८ घरमा पानी संकलनको जिम्मा महिला तथा छोरीहरुमा छ ।

आफ्नो थातथलो छोड्न बाध्य मध्ये ६ करोड ८५ लाख मानिसका लागि स्वच्छ पानीसम्मको पहुँच संघर्षपूर्ण हुने गरेको छ ।विश्वका झण्डै १५ करोड ९० लाख मानिसले आफ्ना लागि पानीको संकलन वा जोहो सतही पानीका स्रोत खोला, पोखरी वा कुवाबाट गर्ने गरेका छन् ।

विश्वका झण्डै दुई तिहाई मानिस चार अर्ब जनाले वर्षको कम्तिमा एक महिना पानीको कमीको सामना गर्ने गरेका छन् । विश्वमा हरेक दिन ८०० जना महिलाको गर्भमा हुने जोखिम वा सुत्केरी हुने क्रममा हुने गरेका जोखिमका कारण ज्यान जाने गरेको छ ।अहिलेकै अवस्था रहने हो भने सन् २०३० सम्ममा पानीको अभावकै कारण ७० करोड मानिस बिस्थापित हुने छन् ।

स्रोतःसंयुक्त राष्ट्रसंघ

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ८ : ५१ बजे