४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

तनहुँमा ट्रक दुर्घटना, एकको मृत्यु



काठमाडौं ।
तनहुँको घाँसीकुवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । घाँसी कुवामा ट्रकले ३ सवारीलाई ठक्कर दिँदा भएको दुर्घटनामा चितवनको टाँडी २५ का सन्तोष राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ७ : २० बजे