४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

चुनाव जिते प्रत्येक घरमा १० लिटर रक्सी सित्तैमा बाँड्ने नेताको घोषणा



एजेन्सी ।
विश्वको ठूलो लोकतान्त्रिक मुलुक यति बेला चुनावमय भएको छ। यही चुनावको तातिएको माहोलमा नेताहरुले आफ्नो पक्षमा भोट तान्नका लागि आकर्षक योजना ल्याएका छन्। यही क्रममा तामिलनाडु राज्यको तर्फबाट लोकसभा उम्मेदवार बनेका एक नेताले आफूले चुनाव जिते घरघरमा १० लिटर रक्सी सितैमा पुर्‍याइदिने योजना ल्याएका हुन्। ती सांसद हुन् तामिलनाडु राज्यको तिरुपुरबाट स्वतन्त्र उम्मेदवार बनेका शेख दाउद। उनले आफुलाई चुवामा विजयी गराउने जनताका घरघरमा १० लिटर रक्सी सित्तैमा पुर्‍याइदिने बताएका छन्। पेशाले टेलर रहेका ५५ वर्षीय दाउदले आफ्नो चुनावी घोषणा पत्रमा त्यति मात्रै छैन। घोषणापत्रमा अन्य १५ बुँदा छन्। त्यसमध्ये खास घोषणामा भने प्रत्येक महिलाई २५ हजार रुपैयाँ दिने तथा परिवारका एक सदस्यलाई जागिर दिने र प्रत्येक युवतीको विवाहमा १० वटा सुनको सिक्का र १० लाख रुपैयाँ दिने समेत घोषणा गरेका छन्।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ७ : ११ बजे