४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कंगना रनौत अब जयललिताको रुपमा, आलोचकलाई गतिलो ‘जवाफ’



एजेन्सी ।
बलिउडकी ‘क्वीन’ कंगना रनौत फेरि एकपटक बायोपिकमा देखिने भएकी छन् । रानी लक्ष्मीबाईको जीवनमा आधारित चलचित्र मणिकर्णिका–द क्वीन अफ झाँसीमा गरेको अभियनका कारण समीक्षक र दर्शकको प्रशंसा बटुलेकी कंगना रनौतले अब दक्षिण भारतकी ‘अम्मा’ को रुपमा परिचित जयललिताको जीवनीमा आधारित चलचित्रमा मुख्य भूमिका निर्वाह गर्ने भएकी हुन् ।

तमिल र हिन्दी भाषामा निर्माण हुने चलचित्रको नाम तमिलमा तालैवी र हिन्दीमा जया रहने भएको छ । एएल विजयको निर्देशनमा बन्ने चलचित्रको कथा केभी विजयन्द्र प्रसादले खेलेका हुन् । उनले बाहुबली र मनिकर्णिकाको कथा पनि लेखेका हुन् ।यस्तै यो चलचित्रको निर्माण विष्णु वर्धन इन्युरी र शैलेश आर सिंहले गर्ने भएका हुन् ।जयललिता राजनीतिमा आउनु पूर्व दक्षिण भारतीय चलचित्रकी सफल अभिनेत्री थिइन् । उनको गएका २०१६ को डिसेम्बरमा निधन भएको थियो । तमिलनाडूमा उनलाई अधिकांशले अम्मा भनेर पुकार्ने गर्छन् ।

अक्सर विवादमा पर्ने गरेकी कंगना रनौत मनिकर्णिका चलचित्र ताका निकै विवादमा थिइन् । चलचित्रका निदेर्शक क्रिसले कंगनासँग कसैले पनि काम नगर्ने बताएका थिए ।तर कंगनाले दक्षिण भारतको राजनीति र चलचित्रमा सफल रहेकी जयललिताको भूमिका निर्वाह गर्ने पक्का भएपछि क्रिससहित उनका आलोचकलाई गतिलो जवाफ मिलेको विश्लेषकले बताएका छन्।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ६ : ३२ बजे