४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गीत संङ्गितमा भविष्य खोज्दै गायिका कविता



थानेश्वर अधिकारी, वाणगंगा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा कपिलवस्तुकी कार्य समिति सदस्य तथा कर्णप्रिय स्वरकी धनि कविता खनालले गीत संङ्गितमा राम्रै चर्चा बटुल्न सफल भएकी छन् । गौतम बुद्धको जन्मभूमि कपिलवस्तुको साविक निग्लिहवा १ हरनामपुरमा बुवा निम प्रसाद खनाल र आमा सुनिता खनालको कान्छि छोरीका रुपमा जन्म लिई त्यहीको अन्तपातको प्रभावले तोते बोल्दा बोल्दै आज चर्चित कलाकार बन्न सफल भएकी छन् ।
‘अन्त रैछ आखिर माया लाएर के भो’ भन्ने पहिलो आधुनिक गीत मार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेकी खनालले अहिले सम्म करिव तीन दर्जन गीतमा स्वर दिएकी छन् । उनका थुप्रै गीतहरु मध्ये ‘छोरी जन्मे हिरोनी’, ‘रोको छ देश’, ‘प्यार बस्यो प्यार’, ‘चोखो मायामा ग¥यो बिश्वासघात’, ‘आँगन पोली, लाएको माया, नाँच्न एक नम्बर, छोटो छोटो चोली, आमा आकाशको जुन तारा, इमोमा कल गर’, ‘दङ्गाली नानी’, ‘बिषै खुवाएर’, ‘घरफर्की आउ’ लगायतका गीतहरु चर्चामा रहेका छन् ।
सानै उमेर देखि कलाकारिता क्षेत्रमा रुची राख्ने उनी प्रायः बिद्यालय, गाउँघरमा हुने बिभिन्न खालका गीत प्रतियोगिताहरुमा आफ्नो प्रस्तुती राख्ने गरेकी छन् । लामो समयदेखि कलाकारिता क्षेत्रमा साधनारत रहदै काठमाण्डौंलाई कर्मथलो बनाउदै आएकी उनी गीत संङ्गितको क्षेत्रमा काम गर्दै जाँदा गायक तथा सर्जक बसन्त संगम कालाथोकी सँग बैवाहिक जिवनमा बाँधिएकी छन् । समान सोंच र उद्देश्य भएको कारण उनलाई यो क्षेत्रलाई निरन्तरता दिन सजिलो भएको उनी बताउँछिन् ।
नेपालमा हुने बिभिन्न किसिमका मेला महोत्सव र पर्वको बेला प्रायः व्यस्त रहने खनाल भविश्यमा अझ समसामयिक र दर्शक श्रोताको माग अनुसारका गीत बजारमा ल्याउने तयारीमा छन् । कला क्षेत्रमा लाग्ने क्रममा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको उनको तर्क छ ।

गीत संङ्गितमा रहरले भन्दा पनि कला क्षमता र प्रतिभामा निखारता ल्याएर आउन सके त्यो दिगो र टिकाउ हुन सक्छ । जाने कला नत्र चर्तिकला भने झै नयाँ पिंढिहरु अध्ययन र साधनमा तल्लिन भएर यो क्षेत्रमा आउन सके मात्र कलाकारिता क्षेत्र मौलाउन सक्छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ५ : ०१ बजे