४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मायादेवीमा विश्व पानी दिवस मनाइयो



मायादेवी अनलाइन, कपिलवस्तु ।

बिश्व पानी दिवसको अवसरमा मायादेवी गाउँपालिका वार्ड नं १ सेमरौटीमा पानीको महत्व र आबश्यकता सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

“कोही पनि नछुटुन्”भन्ने मुल नाराका साथ मायादेवी गाउँपालिका÷पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाइ कार्यक्रम पकडी, कपिलवस्तुको आयोजनामा संचालन गरिएको सो कार्यक्रममा पानी को महत्व र आबश्यकता, दुषित पानीजन्य रोगहरु र यसबाट बच्ने तरिका, पानी शुद्धिकरण गर्ने घरेलु उपाय, पुर्ण सरसफाइका सुचकका बारेमा मायादेवी गाउँपालिकाका खानेपानी सरसफाइ संयोजक थानेश्वर अधिकारी र वास सहजकर्ता श्याम कुमार बिश्वकर्माले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष हरिगोविन्द चौधरीले पानी र सरसफाइको अन्योन्याश्रित सम्बन्ध रहेकाले सुरक्षित खानेपानी पहुँच संगै सरसफाइमा पनि ध्यान दिनु पर्ने कुराका जोड दिनुभएको छ ।

हामीलाई लाग्ने ८० प्रतिशत रोग दुषित पानी र सरसफाइका कमीका कारण हुने गर्दछ त्यसैले स्वच्छ पानी सुरक्षित जिन्दगानी भन्ने नारालाई सार्थक पार्न स्वच्छ पानी पिउन आबश्यक छ यसै गरी शुक्रबार शुद्धोधन गाउँपालिका, लवनी कपिलवस्तुमा पनि विश्व पानी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको वास संयोजक सुर्य प्रसाद पोख्रेलले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ४ : ५४ बजे