४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पिकअप भ्यानले ज्यान लियो



दाङ ।
दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको ज्यान गएको छ । पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ च ३४६ नम्बरको पिकअपले विपरीत दिशाबाट आउँदै गरेको बा ९७ प ८५६२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा
दंगिशरण गाउँपालिका वडा नं. ६ थपगाउँ निवासी १८ वर्षीय गोरख चौधरीको ज्यान गएको छ ।
चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । पिकअपका चालक फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ४ : २९ बजे