४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कार्रबाही तीव्र पारिदै, हेमन्तप्रकाश वलीसहित नौ जना पक्राउ



काभ्रे ।
प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौबाट खटिएको प्रहरीको विशेष टोली र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले शुक्रबार राति काभ्रेको खानीखोला गाउँपालिका–७ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
वलीसहित धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खडका पक्राउ परे पनि प्रहरीले भने घटनाबारे पूर्ण जानकारी दिएको छैन् । वली ललितपुरको नख्खु बम विस्फोटका प्रमुख योजनाकार मानिएका छन् ।
मध्यरातमा खानीखोलाबाट काठमाण्डौ आइरहेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय श्रोतले जानकारी दिएको छ ।
उनीहरु बा १७ च ४८९३ नम्बरको गाडीमा काठमाण्डौ आउँदै गर्दा पक्राउ परेका हुन् । पक्राउ परेका सबैलाई काठमाण्डौ लगिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ४ : १२ बजे