४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अस्पताल भर्ना गरिएका नेता सिटौलाको स्वास्थ्यमा सुधार



काठमाडौं  ।

अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा सुधार आएको छ ।

शुक्रबार बेलुकी रक्तचाप ह्वात्तै घटेपछि उहाँलाई काठमाण्डौको धुम्बाराहीमा रहेको ह्याम्स अस्पताल र्पुयाइएको उहाँका सहयोगी किरण सिटौलाले जानकारी दिनुभयो ।

नेता सिटौलाको हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेपछि आईसीयूमा राखेर उपचार भइरहेको छ । शरीरमा रगतको मात्रा बढाउनका लागि अहिले नेता सिटौलालाई रगत दिइँदैछ ।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ४ : ०७ बजे