४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दलित युवाहरुका लागि दुई महिने आधारभुत कम्प्युटर तालिम



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका– ९ स्थित जगदीशपुरमा दलित युवाहरुका लागि २ महिने आधारभुत कम्प्युटर तालिम सम्पन्न गरिएको छ । वडा कार्यालयको सहयोगमा दलित मानव अधिकार निगरानी समितिद्धारा तालिम सम्पन्न गरिएको हो । तालिम समापन समारोहमा कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले तालिममा सहभागी रहेका २० जनालाई प्रमाणपत्र बितरण गरेका थिए ।
सो अवसरमा सामाजिक विकास अधिकृत श्रेष्ठले सिकेको कुरा ब्यवहारमा उतार्न आग्रह गरेका थिए । उनले अहिलको युग प्रबिधिको भएकाले आधारभुत कम्युटर तालिममा सिकेको कुरालाई ब्यवहारिकरुपमा अघि लैजान पर्ने बताए ।
सो अवसरमा वडा अध्यक्ष शिव बहादुर वाग्लेले तालिमबाट दलित युवाहरुलाई फाईदा पुगेको बताए । उनले नगरपालिका र आफ्नो वडाले बिभिन्न सीपमुलक र प्राबिधिक बिषयका तालिमहरु आगामी दिनमा थप सचालन गर्ने बताए ।
वडा अध्यक्ष वाग्लेको अध्यक्षतमा, संस्थाका सचिव खुम बहादुर बिकको संचालनमा भएको कार्यक्रमम वडा सचिव मुहानन्द खनाल, फौदा सिंह थापा, प्रशिक्षक उस्मान अली खाँ लगातयले शुभकामना मन्तब्य दिएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५ शुक्रबार ००:००  १ : ५६ बजे