४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वाणिज्य सघंमा चुनावी रौनक, कांग्रेसले सहमती तोडेको आरोप



शिवलाल सुवेदी, गुल्मी ।
उद्योग वाणिज्य सघं गुल्मीको चुनावी रौनक बढेको छ । लामो समयदेखि सहमतीमा नेतृत्व चयन गदै आएको गुल्मी उद्योग वाणिज्य सघंमा अध्यक्ष सहित कार्यसमितीमा २ प्यानल घोषणा भएपछि चुनावी रौनक बढेको हो । चैत्र ९ गते शनिवार हुने निर्वाचनमा दुई प्यानल निमार्ण भएपछि ब्यवसायीलाई चुनावी माहोलले तताएको छ । आगामी नयाँ नेतृत्व सहित सम्पूर्ण कार्यसमितीका लागि वर्तमान अध्यक्ष दुर्गा प्रसाद पाण्डे र बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामीले पुरै प्यानल निमार्ण गरेर चुनावी मैदानमा उत्रेका छन ।
दुर्गा प्रसाद पाण्डेको प्यानलमा उपाध्यक्ष रेमलाल पाण्डे, विरेन्द्र भुसाल र दुर्गा वोहरा रहेका छन् । महासचिवमा रामप्रसाद पन्थी सचिवमा फर्सु पाण्डे, कोषाध्यक्षमा रामु सुनार सह कोषाध्यक्षमा खड्क श्रेष्ठ लगायत सदस्यहरु रहेका छन् ।
यस्तै श्रीप्रसाद भलामी अध्यक्ष रहेको प्यानलवाट उपाध्यक्षमा इश्वरी पौडेल, रामप्रसाद पन्थी, मृगेन्द्र श्रेष्ठ रहेका छन । महासचिवमा तारा भुसाल, सचिवमा राजकुमार कक्षपती, कोषाध्यक्षमा इश्वरी वेल्वासे र सहकोषाध्यक्षमा मनिराम अर्यालय लगायत सदस्यहरु रहेका छन ।
भलामी नेपाली कांग्रेसको प्यानलका हुन भने पाण्डे नेकपा सहित जनमोर्चा लगायतका राजनितीक दलका उद्योगी ब्यवसायीहरुको तर्फवाट प्यानल निमार्ण गरेर चुनावी मैदानमा लागेका छन ।
सहमती तोडने काम भयो
नेकपा लगायत अन्य विभिन्न राजनितीक दलहरुमा आस्था राख्ने उद्यागी ब्यवसायीहरुको तर्फवाट अध्यक्षका उम्मेदवार भएका दुर्गा प्रसाद पाण्डेले विगतको सहमती नेपाली काग्रेस निकट ब्यवसायीहरुले तोडेका कारण निर्वाचन हुने पक्का भएको बताए ।
३ महिना अगाडि अधिबेशन स्थगित गरेर एउटा सहमती भएको थियो पाण्डेले भने हामी पुरानो सहमतीमा जान तयार छौ तर काग्रेसले विगतको सहमती भत्काउने काम ग¥यो ।” पाण्डेका अनुसार यस अगाडि श्रीप्रसाद भलामी अध्यक्ष सहित १४ सदस्य काग्रेस निकट ब्यवसायीहरु कार्यसमितीमा जाने र १ उपाध्यक्ष सहित ८ सदस्य नेकपा निकट ब्यवसायीहरु उद्योग वाणिञ्य सघंमा जाने सहमती भएको बताए ।
पुरानो सहमतीको लागी हामी तयार थियौ र अहिले पनि छौ,एकाएक उम्मेदवारी घोषणा गरेर सहमती तोडने काम भयो उनले भने,‘ काग्रेसमा उपाध्यक्षका आकाक्षीहरु धेरै भएकाले आफुमा मिलाउन नसकेपछि सहमती तोडने काम भएको हो ।” गुल्मी उद्योग वाणिञ्य संघमा यस पटक नयाँ नेतृत्वका लागि राजनीतिक आस्थाका आधारमै प्यानल बनेपछि राजनीतिक पार्टीको लडाई जस्तै बन्न पुगेको छ ।
आगामी कार्यकालका लागि दुई प्यानल निमर्ण गरेर निर्वाचन हुने भएपछि केही ब्यवसायीहरु भने निरास भएका छन् । उद्योगी ब्यापारीहरुको साझा सस्थामा राजनितीक आस्थाका आधारमा प्यानल निमार्ण भएपनि उनीहरु निरास भएको बताएका छन ।

प्रकाशित मिति : ८ चैत्र २०७५ शुक्रबार ००:००  १ : ४५ बजे