४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

आगलागीबाट लाखौंको क्षति, एक जना घाइते



अराज बेल्वासे, चन्द्रौटा ।
कपिलबस्तुमा शुक्रबार भिषण आगलागी भएको छ । जिल्लाको शिबराज नगरपालिका ६ पैकिबन्डामा दिउँसो भिषण आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय बुदई कुर्मीको घरबाट निस्केको आगोेले ११ वटा घर तथा ५ गोठ जलेका छन् भने सनिउल्ला मिँया घाइते भएका छन् ।
दिउँसो नास्ता बनाउने क्रममा आगो लागेको स्थानीयले बताएका छन् । आगोले एउटा गाई जलेर मरेको छ । आगलागीको कारण झण्डै ५४ लाखको क्षति भएको प्रहरीको अनुमान छ । आगो स्थानीय, प्रहरी तथा कृष्णनगर नगरपालिकाको दमकलले तीन घण्टा पछि नियन्त्रणमा लिएको थियो ।
शुक्रबार दिउँसो चर्को गर्मी संगै हावाहुरी चलेको थियो । जिल्लामा केही दिन यता गर्मी बढेको छ । एक हप्ता अघि पनि शिवराज नगरपालिकाको वडा नं. १ बनकसवासामा आगलागी हुँदा चार घर संगै ३ गोठ जलेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५ शुक्रबार ००:००  १ : २५ बजे