४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कपिलवस्तुको पश्चिमी क्षेत्र पैकीवण्डामा भिषण आगलागी, ५४ लाख बराबरको क्षेती



प्रिन्स मिश्र, कपिलवस्तु ।
कपिलवस्तुमा भिषण आगलागी भएको छ । जिल्लाको पश्चिमी क्षेत्र शिवराज नगरपालिका ६ पैकीवण्डामा शुक्रबार भिषण आगलागी भएको हो । दिउसो लागेको आगो अहिले भने नियन्त्रणमा आएको छ । आगो बुधई कुर्मीको घरबाट सल्कीएको हो । आगलागीबाट १० घर र ५ गोठ जलेर नष्ट भएका छन् भने ५४ लाख बराबरको क्षेती भएको अनुमान गरिएको छ । यस्तै आगलागीबाट अन्दाजी ४५ वर्षिय सनि उल्ला मिया घाईते भएका छन भने उनको अहिले स्थानिय मेडिकल कलेजमा उपचार भइरहेको प्रहीले जनाएको छ । आगलागीबाट एउटा गाई पनि मरेको छ । शुक्रबार दिउसो अत्याधिक हावाहुरी चलेको थियो । आगलागीबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यस अघि पनि शिवराज नगरपालिकाको वनकसावासमा भिषण आगलागी भएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७५ शुक्रबार ००:००  ११ : ३५ बजे