४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

‘ए मेरो हजुर–३’को नयाँ गीत ‘परान’ भिडियोेमा हेर्नुहोस..



काठमाडौं ।
फिल्म ‘ए मेरो हजुर–३’को नयाँ गीत ‘परान’ सार्वजनिक भएको छ। गीतमा अशीष अभिरल र अञ्जु पन्तको स्वर, आनन्द अधिकारीको शब्द तथा अभिरलकै संगीत संयोजन सुन्न सकिन्छ। गीतको भिडियोमा अभिनेता अनमोल केसी, अभिनेत्री सुहाना थापा, सलोन बस्नेत लगायतको अभिनय देख्न सकिन्छ।लोक फ्लेभरको गीतको भिडियोमा अनमोल र सुहानालाई नेपाली पोशाकसहितको सा‌ंस्कृतिक नृत्यमा देख्न सकिन्छ।अभिनेत्री झरना थापाको निर्देशन रहेको फिल्म चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। फिल्मबाट झरनाकै छोरी सुहाना थापाले डेब्यु गर्दै्छिन् भने फिल्मलाई उनकै श्रीमान सुनिल कुमार थापाले निर्माण गरेका हुन्।

फिल्ममा अनमोल र सुहानाका साथमा सलाने बस्नेत, अर्पण थापा, रवीन्द्र झालगायत कलाकारहरूको अभिनय रहेको छ। सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्ममा कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी तथा दीर्घ खड्काले सम्पादन रहेको छ।

भिडियो हेर्न यो लिङमा क्लिक गर्नुहोस

प्रकाशित मिति : ८ चैत्र २०७५ शुक्रबार ००:००  ८ : ०६ बजे