४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

तनहुँमा बस दुर्घटना एकको मृत्यु, तीन घाइते



तनहुँ ।
तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तनहुँको भिमाद–रिसिङ कच्ची सडकखण्ड अन्तर्गत रिसिङ गाउँपालिका–६ मैदानस्वाँरामा बिहीबार राति भिमादबाट पुरानो रिसिङ जाँदै गरेको ग १ ख ७५३४ नं को बस सडक छेउ पल्टिदा रिसिङ गाउँपालिका–६ बस्ने ५३ वर्षीय नेत्रबहादुर मसराङ्ग मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको उपचारको लागि पोखरा लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुघटनामा तीन जना घाइते भएका छन ्। घाइते हुनेमा रिसिङ–६ का ५५ वर्षीय पदमबहादुर आले, ४५ वर्षीय होमबहादुर राना र १५ वर्षीया लिला थापा रहेका छन्। घाइतेहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बस चालक र बस प्रहरीले नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५ शुक्रबार ००:००  ७ : २९ बजे