४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल घेराउ



धनगढी ।
चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै सेती अञ्चल अस्पताल घेराउ गरिएको छ । मृतकका आफन्तले अस्पताल घेराउ गर्दै तोडफोडको प्रयास गरेका हुन् । धनगढी उप–महानगरपालिका वडा नम्बर–१२ जुगेडाकी २२ वर्षीया रेखा थापाको चिकित्सकको लापवार्हीका कारण ज्यान गएको आफन्तको आरोप छ ।चैत चार गते रेखालाई अस्पताल भर्ना गरिएको थियो ।
सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रिया गरिएको थियो। आफन्तले मृतकको शव बुझ्न मानेका छैनन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५ शुक्रबार ००:००  ६ : ५९ बजे